Deshko News
१२ मंसिर २०८०, मंगलबार

माओवादीलाई भाग नपुगेपछि नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आयो : डा केसी


 


काठमाडौं, वैशाख ३० । डा. गोविन्द केसीले नेकपा माओबादी केन्द्रलाई भाग नपुगेका कारण नक्कली भुटानी शरणार्थी काण्ड बाहिर आएको दाबी गरेका छन् ।

काठमाडौँको नक्सालमा आज (शनिबार) आयोजित भ्रष्टाचार ढाकछोपविरुद्धको वृहत् नागरिक आन्दोलनमा बोल्दै केसीले भ्रष्टाचार गर्नबाट कोही पनि चोखो नरहेको बताए ।

उनले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए । भुटानी शरणार्थी काण्डमा निश्पक्ष रुपमा विस्तृत हुनुपर्ने र शीर्ष नेता पनि दोषी पाइए उनीहरूलाई पनि कारबाही हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्