चोरीको आरोपमा चार नेपाली भारतमा पक्राउ


 


हरियाणा । चोरीको आरोपमा चार जना नेपाली भारतको हरियाणामा पक्राउ परेका छन् । सन् २०२१ मा हरियाणाको पञ्चकुलाको मन्सा देवी कम्प्लेक्समा भएको चोरीको आरोपमा भारतीय प्रहरीले चार जना नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षीय गोपाल भन्ने खगेन्द्र सार्की, ३० वर्षीय करनबहादुर, ३२ वर्षीय स्काई सिंह र २२ वर्षीय टेकबहादुर सार्की रहेका छन् ।

सन् २०२१ को नोभेम्बर २० मा तीन जना लुटेराहरु ६५ वर्षीया अनु वालियाको घरमा प्रवेश गरेका थिए । उनीहरुले हतियार देखाएर ५ लाख ५० हजार बराबरको नगद, १० वटा हिराको औँठी तथा अन्य सुन र चाँदीका गहना चोरेर फरार भएका थिए ।

क्राइम ब्रान्चका प्रहरी इन्सपेक्टर मोहिन्द्र सिंह धान्डाले करन बहादुरले सो घरमा १०–१५ दिनअघि देखि काम गर्न सुरु गरेको र उनकै योजनामा अन्य तीन जनाले चोरी गरेको जानकारी दिए । उनीहरुलाई गुरुग्रामबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्