Deshko News
१६ मंसिर २०८०, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण : गृह मन्त्रालयका दुई अधिकारीसंग पनि लिइयो बयान


 


काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले गृह मन्त्रालयका दुई अधिकारीसँग समेत बयान लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो । प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी परिसर टेकुमै बोलाएर बयान लिएको हो ।

रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलले बनाएको प्रतिवेदन कीर्ते गरेको प्रकरणमा प्रहरीले उनीहरुसँग पनि बयान लिएको हो । तत्कालीन अवस्थामा पोखरेल शान्तिसुरक्षा महाशाखाको प्रमुख थिए भने पाठक स्थानीय प्रशासन शाखामा कार्यरत थिए ।

अहिले भने पोखरेल गृह मन्त्रालयमै सहसचिवको रुपमा कार्यरत छन् भने पाठक गुल्मीको प्रमुख जिल्ला अधिकारी रहेका छन् । उनीहरुसँग नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सम्बन्धित शाखाबाट कसरी फाइल पास गरियो भन्नेबारेमा बयान लिइएको प्रहरी स्रोतले जनाएको छ ।

यो प्रकरणमा अनुसन्धानरत प्रहरीले हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जनालाई पक्राउ गरिसकेको छ भने अझैं केही फरार रहेका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्