Deshko News
१५ मंसिर २०८०, शुक्रबार

धर्ना दिइरहेका नेविसंघका दुई नेता प्रहरीको लाठीचार्जबाट घाइते


 


काठमाडौं, जेठ १ । भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने विधेयकविरुद्ध संसद् भवन अगाडि धर्ना दिन गएका नेविसंघका दुई जना नेता प्रहरीको लाठीचार्जबाट घाइते भएका छन्।

धर्नाका क्रममा प्रहरीले लाठीचार्ज गर्दा नेविसंका नेता धर्म शाही र हिक्मत शाही गम्भीर घाइते भएका हुन्। सोमबार कांग्रेस नेता रञ्जित कर्णको नेतृत्वमा भ्रष्टाचारको ५ वर्षे हदम्याद विधेयक खारेजका लागि गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीले संसद् भवन अगाडि जाने बेलामा रोक्न खोज्दा नेविसंघ नेता र प्रहरीबीच विवाद उत्पन्न भएको थियो। प्रहरीले लाठ्ठी चार्ज गर्दा नेविसंघ संस्थापन इतर पक्षका नेताद्वय धर्म शाही र हिक्मत शाही गम्भीर घाइते भएको नेविसंघका नेता भुवन भट्टले जानकारी दिए।

घाइतेहरुको कान्तिपुर अस्पताल तीनकुनेको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ। साथै प्रेमिका रानामगर, धर्म शाही र मन्दीप साह पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्