टोपबहादुरलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति


 


काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीले सोमबार उनीमाथि अनुसन्धान गर्न तीन दिनको समय मागेको थियो ।

गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार राति काठमाडौं बुढानिलकण्ठबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्