Deshko News
१४ मंसिर २०८०, बिहिबार

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी


 


काठमाडौं, जेठ २ । सरकारले नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।

संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्राना पनि गरेका थिए ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्