Deshko News
१६ मंसिर २०८०, शनिबार

नागरिक उन्मुक्ति पार्टीले पत्रकार सम्मेलन गर्दै


 


काठमाडौं, जेठ ३ । नागरिक उन्मुक्ति पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

पार्टीका संरक्षक रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चले सदर गरेपछि नागरिक उन्मुक्तिको डिल्लीबजार कारागारमा बैठक बसिरहेको छ ।

बैठकपछि नागरिक उन्मुक्तिले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो। पत्रकार सम्मेलनमा बैठकले गरेको निर्णय सार्वजनिक गर्ने जनाइएको छ । बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने बुझिएको छ ।

सवोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवदीको संयुक्त इजलासले उनी विरुद्धको जन्मकैदको फैसला सदर गरेको थियो ।

टीकापुर घटनामा दोषी रहेको ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । लगत्तै उच्च अदालत दिपायलमा पुनरावेदन गएका चौधरीको मुद्दा त्यहाँ पनि सदर भएको थियो ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्