पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनामले पनि गरे सगरमाथा आरोहण
काठमाडौं, जेठ ३ । नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् तथा यती समूहका अध्यक्ष सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।
आज बिहान ७ बजेर ३४ मिनेटमा सोनामले सगरमाथाको चुचरोमा पाइला टेकेको उनकी छोरी दावाफुटी शेर्पाले जानकारी दिइन् । सोनामले यसअघि ६ वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् ।
सगरमाथासमेत आरोहण गरेर उनले सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने आफ्नो सपना पूरा गरेका छन् । यसअघि श्रीमती पासाङसँगै सगरमाथाको शिखर चुम्ने सोनामको प्रयास असफल भएको थियो ।
दुवै जना सगरमाथा आरोहणका लागि गएकोमा सोनाम क्याम्प २ बाटै फर्केका थिए । तर, पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन् । शिखर चुमेर फर्किने क्रममा उनको निधन भएको थियो ।
प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार