Deshko News
१५ मंसिर २०८०, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई एमालेबाट कुन–कुन सांसदले सोध्दैछन् प्रश्न ?


 


काठमाडौं, जेठ ४ । प्रतिनिधिसभा बैठकमा आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट प्रश्न गर्ने तीन जना सांसदको नाम तय गरिएको छ ।

एमालेबाट प्रधानमन्त्रीलाई प्रमुख सचेतक पदम गिरी, सांसदहरू रघुजी पन्त र विद्या भट्टराईले पार्टीका तर्फबाट प्रश्न सोध्नेछन्। संघीय संसद्अन्तर्गत आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ।

बैठक ११ बस्ने भनिएको भएपनि अहिलेसम्म सुरु हुन सकेको छैन । बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भइरहेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्