बर्दियामा अनसनरत सांसद गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै


 


गुलरिया, जेठ ४ । बर्दियाको बबई नदीको जब्दीघाटस्थित भत्किएको पुलमुनी आमरण अनसनमा बसेका संघीय सांसद संजयकुमार गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

जिल्लाको समग्र विकासका लागि सरकारसँग १५ बुँदे मागसहित अनसनको छैठौ दिन पुग्दा गौतमको स्वास्थ्य अवस्था जटिल बनेको हो।

गौतमले खान बन्द गरेपछि शक्ति क्षिण हुँदा शरीरले लिभर, कलेजो, आन्द्रा प्रयोग गरी इनर्जी उत्पादन गर्दा युरिन किटोनको मात्रा शून्य हुनुपर्नेमा बढेर ३ प्लस पुगेको बर्दिया अस्पताल गुलरियाका प्रमुख एवम् गौतमको नियमित स्वास्थ्य परीक्षणमा खटिएका डाक्टर सुभाष पाण्डेयले बताए।

जब्दीघाटको भत्किएको पुलको स्पान लगायतका संरचना हटाई तुरुन्त पुल निर्माण सुरु गर्नुपर्ने, गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्