तोकिएको ड्रेस कोडमा संसदमा आउन सभामुखको निर्देशन

काठमाडौं, जेठ ४ । सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधसभा बैठकमा तोकिएको ड्रेस कोडमा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।
भोलि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि केही सांसदले अमर्यादित पोसाक लगाएर संसदमा उपस्थित भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले अमर्यादित पोसाक लगाएर संसदमा नआउन निर्देशन दिएको थियो ।
राष्ट्रपति पौडेलले भोलि अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछन् । राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम भएकाले ३ः४५ बजे नै तोकिएको ड्रेस कोडमा संसदमा आइपुग्न सभामुख घिमिरेले निर्देशन गरेका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक भने शुक्रबार साँझ ६ बजे बस्ने सभामुख घिमिरेले बताए ।
प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार