Deshko News
१२ मंसिर २०८०, मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरण : हालसम्म १६ आरोपी पक्राउ (नामसहित)


 


काठमाडौं, जेठ ५ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उनीहरुमाथि आरोप छ ।

पक्राउ परेका १६ आरोपी
१. टोपबहादुर रायमाझी – तत्कालीन उपप्रधानमन्त्री
२. बालकृष्ण खाँण – पूर्वगृहमन्त्री
३. टेकनारायण पाण्डे – बहालवाला सचिव
४. इन्द्रजित राई – तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार
५. आङटावा शेर्पा – तत्कालीन सभासद
६. शमशेर मियाँ – नेपाल हज समितिका अध्यक्ष
७. टेकनाथ रिजाल – भुटानी शरणार्थी नेता
८. सन्दीप रायमाझी – तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा
९. नरेन्द्र केसी – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए
१०. केशव दुलाल – बिचौलिया ९तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए०
११. गोविन्द चौधरी – बिचौलिया
१२. रामशरण केसी – बिचौलिया
१३. सानु भण्डारी – बिचौलिया
१४. टंक गुरुङ – बिचौलिया
१५. सन्देश शर्मा पोखरेल – बिचौलिया
१६. सागर थुलुङ – बिचौलिया

यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक अझै फरार छन् । प्रहरीले आरोपितमाथि अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्