बाजेको मलामी गएका नाति खोलामा बगेर बेपत्ता


 


काठमाडौं, जेठ ५ । ताप्लेजुङमा बाजेको मलामी गएका नातिलाई खोलाले बगाएरको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ केराबारीमा तीन दिनअघि बाजेको मलामी गएका नाति २७ वर्षीय विजय लिम्बूलाई खोलाले बगाएको हो ।

मेवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्