Deshko News
१५ मंसिर २०८०, शुक्रबार

धनगढीमा २६ वर्षीया डाक्टर घरमै मृत फेला


 


काठमाडौं, जेठ ५ । कैलालीको धनगढीमा एक २६ वर्षीया डाक्टर मृत फेला परेकी छन् । उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डा. प्रसन्ना शाह आफ्नै घरमा मृत फेला परेकी हुन्।

शाह बन्द कोठाभित्र झुन्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए। मृत्युको कारण खुलेको छैन् ।

शवको सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्