मन्त्रिपरिषद्को बैठक सुरू, सरकारको नीति तथा कार्यक्रम अनुमोदन हुने
काठमाडौं, जेठ ५ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । सरकारका नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि मन्त्रिपरिषद्को बैठक सुरू भएको हो ।
मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि आजै अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार