संसद्को संयुक्त बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप
काठमाडौं, जेठ ५ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिने संसद्को संयुक्त बैठकमा उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदलाई संसदमा उपस्थित हुन ह्वीप जारी गरेका हुन्। आज (शुक्रबार) अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार