एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं, जठ ६ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल दलको बैठक बोलाइएको हो ।
बैठकमा भोलिबाट सुरु हुने छलफलबारे पार्टीको धारणा बनाउने सचेतक महेश बर्तौँलाले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रममाथि भोलिबाट तीन दिन प्रतिनिधि सभामा छलफल हुँदैछ।
सरकारले प्रस्तुुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको भन्दै एमालेको आरोप छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार