Deshko News
१२ मंसिर २०८०, मंगलबार

असुरक्षा हुने देखिएपछि दाङबाट कार्यक्रम नगरि फर्किए ‘सिमान्त गुरू’


 


काठमाडौं, जेठ ७ । बिरामीको शरिरमा तेल लगाएर, आँखामा हेरेर र छोएर विभिन्न रोग निको पार्छु भन्दै दाबी गर्दै आएका ‘सिमान्त गुरू’ भनिने भरत भट्टराई दाङबाट कार्यक्रम नै नगरि फर्किएका छन् ।

स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि उनी दाङमा कार्यक्रम नगरेर फर्किएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले केसीको कार्यक्रमको सुरक्षाको जिम्मा नलिनु भन्ने आदेश भएको बताए । प्रहरीले नै सुरक्षा नदिने भएपछि सिमान्त केसी तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सयौंलाई भेला गराइएको भए पनि अन्तिममा कार्यक्रम नै नगरी फर्किएका हुन् ।

प्रहरीले सुरक्षा नदिने बताएपछि केसी कार्यक्रम नै नगरी फिर्ता भएको ज्योतिष केसीलाई तुलसीपुर बोलाउने मध्यका एक जना उद्योगी डिल्लीबहादुर बस्नेतले जानकारी दिए।

केसीले आफूसँग अलौकिक क्षमता भएको दाबी गर्दै आएका छन् । त्यही दाबीलाई पत्याएर मानिसहरू उनलाई आफ्नो बिराम देखाउन जाने गरेका छन्। दाङमा पनि उनलाई भेट्न भन्दै आसपासका जिल्लाहरू सल्यान र रोल्पादेखि मानिसहरू आएका थिए।

प्रहरीले भने उनीविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएको बताएको छ । कसैले ठगेको भनेर उजुरी दिएमा उनीमाथि अनुसन्धान गरिने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्