Deshko News
१२ मंसिर २०८०, मंगलबार

ढोरपाटनका मेयरमाथि ७० करोड हिनामिनाको आरोप, तीन दिनदेखि सम्पर्कविहीन


 


काठमाडौं, जेठ ७ । सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप लागेका बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कमा नरहेको बुझिएको छ।

उनीमाथि ७० करोडभन्दा बढी रकम हिनामिनाको आरोप लागेको छ। नगर प्रमुख नेपाली सम्पर्कमा नभएको प्रशासनले पनि पुष्टि गरेको छ।

स्रोतका अनुसार प्रशासनले उनी देश छाडेरसमेत जानसक्ने अनुमान गर्दै विमानस्थलसहित देश बाहिर जाने स्थलमार्ग अन्तर्गतका नाकामा निगरानी बढाएको छ । नगर प्रमुख नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गतेदेखि नै सूचना टाँस गरिएको छ।

सहकारीको कार्यालयमा दैनिक भुक्तानी माग्न बचतकर्ता आउन थालेपछि नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको र आफ्नो निजी सम्पत्ति बिक्री गरेर पनि फिर्ता गर्ने बताएका थिए ।

एक महिनादेखि उक्त सहकरीका बचतकर्ताले बढीमा ५ हजार मात्रै फिर्ता पाउँदै आएको र हाल उक्त रकमसमेत दिन छाडेको बुझिएको छ। नेपालीले उपप्रमुख धनबहादुर कायतलाई कार्यवाहक दिएको समेत बुझिएको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्