Deshko News
१२ मंसिर २०८०, मंगलबार

काठमाडौंमा कांग्रेस इतर पक्षको गोप्य भेला


 


काठमाडौं, जेठ ७ । नेपाली कांग्रेस बागमती प्रदेश समितिको संस्थापन इतर समूहले आइतबार काठमाडौंमा कांग्रेस रूपान्तरण अभियानका लागि गोप्य भेला गरेको छ।

काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्यान्डमा आइतबार दिउँसो १ः३० बजे सुरु भएको भेलामा केही केन्द्रीय सदस्यसहित बागमती प्रदेश समिति सदस्य र क्रियाशील सदस्यहरू सहभागी छन्।

नेपाली कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेश तयारी नाम दिइएको भेलामा केन्द्रीय सदस्य मधु आचार्य, अजयबाबु शिवाकोटी, धादिङका पूर्वसभापति रमेश धमला, बागमती प्रदेश सभापतिमा पराजित जगदिशनरसिंह केसी लगायत नेता सहभागी छन्।

नेपाली कांग्रेसमा संस्थापन इतर डा. शेखर कोइराला र गगन थापा समूहले केही दिनअघि केन्द्रीय भेला गरेर प्रदेश संयोजन गर्ने जिम्मेवारी बाँडफाँडसमेत गरेको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्