बालकृष्ण खाँणलाई भेटेर फर्किन् मञ्जु
काठमाडौं, जेठ ८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई उनकी पत्नी मञ्जु खाँणले भेटेकी छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका खाँण गत वैशाख २७ गते पक्राउ परे पनि उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु काठमाडौं प्रहरी परिसर टेकुमा पतिलाई भेटेर फर्किएको प्रहरी स्रोतले बताएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत मुछिएपछि त्यसयता उनी सम्पर्कविहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा देखिएकी थिइन् ।
प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार