Deshko News
१४ मंसिर २०८०, बिहिबार

घुम्न जाने प्रलोभन देखाई जंगलमा लगेर बलात्कार, दुई जना पक्राउ


 


बर्दिया, जेठ ८ । बर्दिया प्रहरीले २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरनाथ नगरपालिका–६ का २४ वर्षीय विनोद परियार र नमराज परियार रहेका छन् ।

दुई जनाले आइतबार साँझ पीडित युवतीलाई घुम्न जाने प्रलोभन देखाई मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका थिए ।

यसबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँबाट खटिएको प्रहरी टोलीले दुवै जानलाई सोमबार बिहान पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले बताए ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्