रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
रूकुम, जेठ ११
रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ ।
बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।
सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ ।
दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।
रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।