नेपाल दुःखी देशको सूचीमा
काठमाडौं, जेठ ११ । नेपाल दुःखी देशहरूको सूचीमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले नेपाललाई दुःखी देशहरूको सूचीमा राखेको हो । नेपाल उक्त सूचीको ७३औँ स्थानमा छ ।
नेपालले ३७.१८ अंक पाएको छ । जिम्वाम्वे ४१४.७ अंक पाएर दुखी देशको पहिलो नम्बरमा रहेको छ । सर्वेक्षणले दुःखी देशमा पर्नुको कारण बेरोजगारी र मुद्रास्फिति देखाएको छ ।
यस्तै सर्वेक्षणले २०२२ मा ‘सबैभन्दा खुसी’ देशमा स्विट्जरल्याण्ड रहेको देखाएको छ । स्विट्जरल्याण्डपछि कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा खुसी देशमा परेका छन् ।