सहकारीको करोडौं रकम हिनामिना गरी फरार मेयर निलम्बित
काठमाडौं, जेठ ११ । आफू अध्यक्ष रहेको सहकारीको करोडौं रकम कुम्ल्याएको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पार्टीबाट निलम्बित भएका छन् । उनलाई नेकापा एमालेले पार्टीबाट निलम्बन गरेको हो ।
एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपालीमाथि इमेज बचत तथा ऋण सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उनीमाथि जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी परेपछि उनी फरार भएका हुन् ।
प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार