नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि लिइँदै अभियुक्तहरुको बयान



काठमाडौं, जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना अभियुक्तहरुको बयान आजदेखि लिन सुरु गरिँदै छ । उनीहरुको
बयान काठमाडौं जिल्ला अदालतमा हुनेछ ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर करोडौंको ठगी गरेको आरोपमा पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्वसांसद आङटावा शेर्पा तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० व्यक्तिविरुद्ध सरकारी वकिलको कार्यालयले विभिन्न अभियोगमा ५ मुद्दा दायर गरेको छ ।

अदालतमा बयान सकिएपछि उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News