सक्रिय हुँदै पूर्वराजा ज्ञानेन्द्र, भोलि सुर्खेतमा नागरिक अभिनन्दन



काठमाडौं, जेठ १२ । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छन् । उनलाई जनताले अभिनन्दन पनि गरिरहेका छन् ।

कार्यक्रममा सहभागी भएर राजनीतिक व्यवस्थामाथि पनि टिप्पणी गर्न थालेका छन् । देशका विभिन्न ठाउँमा जानेक्रममा पूर्वराज शाह शनिबार (भोलि) नागरिक अभिनन्दनमा सहभागी हुन कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्रनगर जाँदैछन् ।

केही महिनाअघि भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथसँग भेटघाट गरेका शाह पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट र छलफलमा रहेका छन् ।

नेपालमा २४० वर्षसम्म सक्रिय रहेको राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भइसकेको छ । तर अहिले पूर्वराजाले अफ्नो सक्रियता बढाउँदै राजनीतिक टिप्पणी गर्नुले उनी फेरि राजतन्त्र फर्काउन उद्यत भएका हुन् कि भन्ने आशंका गर्न थालिएको छ ।
ढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News