रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन
काठमाडौं, जेठ १२ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी नदिन मा गर्दै घटनामा ज्यान गुमाएका केशव बोहराकी पत्नी शारदा कडायत बोहराले निवेदन दिएक छन् ।
सर्वोच्च अदालतलेसमेत दोषी ठहर्याइएको मानिसलाई राजनीतिक मुद्दाको नाममा माफी दिन लागिएपछि राष्ट्रपति कार्यालयमा निवेदन दिइएको पीडित बोहराले बताएकी छन् । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।
सरकारले आगामी सोमबार गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ । १५ फागुन २०७४ देखि थुनामा रहेका चौधरीलाई सर्वोच्चले जन्मकैदको फैसला गरेको छ ।