२२ सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं, जेठ १२ । सरकारले २२ जना सहसचिवको सरुवा गरेको छ । सरकारले सरुवा गरेका २२ सहसचिवहरू मध्ये तीन जना गृहमा पुगेका छन् । लुम्बिनीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शन्त बहादुर सुनार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव गोपाल कुमार अधिकारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुरेश राउतको गृहमा सरुवा गरिएको छ ।
सरकारले पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी एवं सहसचिव कृष्ण प्रसाद लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
खानेपानी मन्त्रालयमा रहेका सहसचिव शोभाकान्त पौडेल अर्थ पुगेका छन् । खानेपानीमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सहसचिव अर्जुन गौतमलाई पठाइएको छ ।
सहसचिव मदन भुजेलको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ । कृषिबाट सहसचिव काली प्रसाद पराजुलीलाई चिकित्सा शिक्षा आयोगमा पठाइएको छ ।
त्यस्तै सहसचिव मेघ नाथ तिमल्सेनालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै सरुवा गरिएको छ । कृषिका लेखनाथ दाहालको कोशी प्रदेशस्थित नीति तथा योजना आयोग, कर्णाली प्रदेशका सहसचिव नारायण प्रसाद शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, संघीयको अतिरिक्तमा रहेका कमल कुमार अधिकारीलाई सहरी विकास मन्त्रालयमामा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कविराज पौडेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा र बागमती प्रदेशका सहसचिव धिरेन्द्र कुमार प्रधानलाई वन तथा वातावरण मन्त्रालय र मन्त्रालयका यज्ञनाथ दाहाललाई बागमती प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव भगवान् अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सहसचिव गणेश राज वस्तीलाई सहरी विकास मन्त्रालयबाट प्राकृतिक स्रोत तथा वित्त आयोग र अयोगका सहसचिव दीपक कुमार दासलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।