काठमाडौंमा अब भूमिगत लाइनबाट बिजुली
काठमाडौं, जेठ १३ । काठमाडौं महानगरपालिकामा अब भूमिगत लाइनबाट विजुली वितरण गरिने भएको छ । विद्युत प्राधिकरणले २ महिनापछि काठमाडौंको रत्नपार्क, महाराजगञ्ज, लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी थालेको हो।
कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ। महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालयसहित कीर्तिपुर आसपास क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्न तयारी सुरु भएको हो।
प्राधिकरणले सडकबाट उपभोक्ता घर र कार्यालयसम्म भूमिगत रुपमा तार लिएर मिटरमा जोड्ने बताएको छ ।