भारतले पनि सार्वजनिक गर्यो प्रचण्डको भ्रमण तालिका



काठमाडौं, जेठ १३ । भारतीय विदेश मन्त्रालयले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री प्रचण्डले यही जेठको १७ गतेदेखि २० गतेससम्म भ्रमण गर्ने तय भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतका द्विपक्षीय विविध विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नेछन् । ‘छिमेक पहिले’ भन्ने नीतिलाई थप मजबुत बनाउन नेपालका प्रधानमन्त्रीको भ्रमणले थप सहयोग पुग्ने र यसले द्विपक्षीय साझेदारीलाई बढावा दिने पनि मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, उपराष्ट्रपति र अन्य विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्ने तालिका छ । औपचारिक कार्यक्रम र भेटघाटका अतिरिक्त प्रधानमन्त्री प्रचण्डले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News