प्रधानमन्त्रीसंग भारत भ्रमणमा अन्य को–को जाँदैछन् ?



काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते (मे ३१) भारत भ्रमणमा जाँदै भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाललगायत मन्त्रीहरु, सचिवहरु तथा सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी रहनेछन्।

प्रधानमन्त्रीले जेठ १८ गते (१ जुन २०२३)मा भारत समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको परराष्ट्रले बताएको छ।

वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीले जेठ २० गते (३ जुन)मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News