भ्रष्टाचारविरुद्धको मेरो आवाजलाई दबाउन खोजियो : लेखनाथ दाहाल


 


काठमाडौं, जेठ १३ । सांसद लेखनाथ दाहालले भ्रष्टाचार विरुद्धको आफ्नो आवाजलाई दबाउन खोजिएको बताएका छन् ।

केपी ओली सरकारले पशुपतिनाथको सुनको जलहरीमा पित्तल मिसाएर भ्रष्टाचार गरेको उनको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउने निर्णयप्रति सांसद दाहालले असन्तुष्टि जनाएका छन्।

१० जेठमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको समयमा पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

१२ जेठको बैठकमा एमाले सांसदहरुले रोष्टम नै घेराउ गरेर संसद् बैठक अवरुद्ध गरेपछि संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन ।

यही विवाद मिलाएर संसद् खुलाउन शीर्ष नेताहरू बीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको थियो । बैठकमा भएको सहमतिअनुसार शनिवार प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसद्‍को अवरोध हटेको छ ।

ओलीलाई जोडेको अभिव्यक्तिलाई अभिलेखबाट हटाउन सभामुख देवराज घिमिरेले संसद् सचिवालयलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्