Deshko News
१२ मंसिर २०८०, मंगलबार

गुल्मीमा बुबाले काटिदिए छोराको नाक


 


बुटवल, जेठ १४ । गुल्मीमा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्। जिल्लाको इस्मा गाउँपालिका–३ तोरी पाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले घरायसी विवादमा हँसिया प्रहार गरेर ३२ वर्षीय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन्।

बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए।

उनका अनुसार हँसिया प्रहारबाट गम्भीर घाइते भएका बाबुरामको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

दिलबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्