जग्गाको कित्ताकाट फुकुवा गरिने
काठमाडौंं, जेठ १५ । यसअघि रोकिएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरिएको छ ।
आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्ष ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताए ।
जग्गाको कित्ताकाट फुकुवा गर्दा घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको उनले बताए ।
प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार