अब कति कमाउनेले कति तिर्नुपर्छ कर ? हेर्नुहोस् सूची


 


काठमाडौं, जेठ १६
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै धेरै कमाउनेले बढी कर तिर्नेगरी कर बढाइदिएका छन्।

वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि भएको छ। डा. महतले उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएका हुन्।

अहिले अधिकतम कर ३६ प्रतिशतसम्म थियो। अब तीन प्रतिशतले उनीहरुको कर बढेको हो।

अहिले जतिसुकै कम कमाउनेले पनि एक प्रतिशत कर तिर्नैपर्छ। एकलको हकमा ५ लाख र दम्पतिको हकमा ६ लाख कमाउनेले एक प्रतिशत कम तिर्नैपर्छ।

त्यसभन्दा माथि २० हजार कमाउनेले १० प्रतिशत कम थप तिर्नुपर्छ। यसबाहेक अर्को ६० हजार कमाउनेले २० प्रतिशत कर तिर्नुपर्छ। ६० हजारपछि अर्को ३ लाख कमाउनेले ३० प्रतिशत तिर्नुपर्छ। ३० प्रतिशत कर तिर्दा आम्दानी २० लाखसम्मको पुगिसकेको हुन्छ।

२० लाखभन्दा माथि जतिसुकै कमाउनेले अर्को ६ प्रतिशत गरेर कुल ३६ प्रतिशत कर भुक्तानी गर्नुपर्छ। अब भने ५० लाखभन्दा बढी कमाउनेले अर्को ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्