Deshko News
१८ आश्विन २०८०, बिहिबार

सांसदलाई बालेनको व्यंग्य – वडाध्यक्षको काम गर्ने भए सांसद किन बन्नुहुन्छ माननीय ज्यूहरु !



काठमाडौं, जेठ १६
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदप्रति व्यंग्य गरेका छन् । सांसदहरुको दबाबमा ‘संसद् विकास कोष’ ब्यूँतिएपछि उनले वडाध्यक्षकै काम गर्नका लागि सांसद किन बनेको भन्दै व्यंग्य गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्यूहरु।’

सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटमा सांसद विकास कोषका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड विनियोजन गरिएको छ ।

विकास निर्माणको इकाइको रूपमा स्थानीय तह र त्यसभन्दा माथिल्लो तह प्रदेशको संरचना हुँदाहुँदै नीति बनाउनेमा केन्द्रित हुनुपर्ने विधायिकाको प्रत्यक्ष नियन्त्रणमा हुने कोषलाई निरन्तरता दिन नहुनेमा स्थानीय तहका प्रमुख, पूर्वअर्थसचिव तथा विज्ञहरूले आग्रह गरे पनि यस्तो कार्यक्रम अघि बढाएको हो ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News