Deshko News
१८ आश्विन २०८०, बिहिबार

सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम सुनुवाई



काठमाडौं, जेठ १६ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज (मंगलबार) हुँदैछ । उनीविरुद्ध लागेको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश शंकरबहादुर राईको इजलासमा सुनुवाइ हुने भएको हो ।

इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ । २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।

यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो । असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध एक किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News