Deshko News
१८ आश्विन २०८०, बिहिबार

घाँस काट्न गएका आमा–छोराको मृत्यु



काठमाडौं, जेठ १६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा घाँस काट्न गएका आमा छोराको मृत्यु भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा छोराको मृत्यु भएको धादिङका एसपी गौतम मिश्रले बताए । मृत्यु हुनेमा १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन चेपाङ छन् ।

सोमबार साढे ५ बजे घाँस काट्ने क्रममा पिठ्युँमा बोकेको छोरासहित अप्सरा लडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतक अप्सरा गर्भवती पनि थिइन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News