Deshko News
६ आश्विन २०८०, शनिबार

सर्पको टोकाइबाट दाजुभाइको मृत्यु



सिन्धुली, जेठ १६ । विषालु सर्पको टोकाइबाट सिन्धुलीको दुधौली नगरपालिका १ भलुवाहीमा दाजुभाइको मृत्यु भएको छ । स्थानीय गणेश पहाडीका छोराहरू १२ वर्षीय गृष पहाडी र ७ वर्षीय कृष पहाडीको मृत्यु भएको हो ।

सोमबार राति सँगै सुतेका छोराहरू मंगलबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचार हुन नसकेपछि महोत्तरीको गौरवासमा रहेको सर्पदंश उपचार केन्द्र लगिएको थियो ।

स्थानीयका अनुसार सर्पदंश केन्द्रले समेत रिफर गरेपछि जनकपुर लगिएकोमा त्यहाँको अस्पतालले दाजुभाइको नै मृत्यु भएको घोषणा गरेको थियो ।

सिन्धुली प्रहरीले घटनाको अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ खटिएको जानकारी दिएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News