शरणार्थी प्रकरण : यसअघि बयान दिन नमानेका इन्द्रजितसहित आज तीन जनाले बयान दिँदै


 


काठमाडौं, जेठ १६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा तीन आरोपितको बयान सुरु भएको छ । अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो ।

यी तीनमध्ये राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो । तर विभिन्न कारण देखाउँदै राईले त्यस दिन बयान दिन अस्वीकार गरेका थिए ।

उनीहरुको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा लिन सुरु गरिएको छ । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो । यस प्रकरणमा ३० जनाविरुद्ध मुद्दा
दर्ता गरिएको छ । त्यसमध्ये १७ जना पक्राउ परेका छन् भने १३ जना अभैm फरार छन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्