Deshko News
६ आश्विन २०८०, शनिबार

सन्दीप लामिछानेका समर्थक सडकमा, मुद्दाको फैसला छिटो गर्न माग



काठमाडौं, जेठ १६ । किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सन्दीपको मुद्दाको फैसला छिटो आउनुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै युवाहरूले ब्यानरसहित मण्डलामा प्रदर्शन गरेका हुन् ।

लामिछाने विरुद्धको बलात्कार मुद्दा आजै न्यायाधीश शङ्कर बहादुर राईको इजलासमा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News