Deshko News
६ आश्विन २०८०, शनिबार

अब हवाई यात्रामा कोभिड खोप कार्ड बोक्नु नपर्ने



काठमाडौं, जेठ १६ । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य रुपमा बोल्नुपर्ने पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट हटेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो ।

यो नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नुपर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नु पर्ने छैन । तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोकेअनुसारका कागजात बोक्नुपर्ने छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News