सांसद विकास कोषबारेबारे अर्थमन्त्रीको प्रष्टीकरण– सांसदले सिफारिस मात्रै गर्ने पाउनेछन्


 


काठमाडौं, जेठ १६ । सरकारले आगामी वर्षको बजेटमार्फत सांसद विकास कोष व्युताएपछि यसको आलोचना भएको छ । यस विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रष्ट पार्ने कोशिस गरेका छन् ।

उनले सांसद विकास कोषलाई गलतरूपमा नबुझ्न आग्रह गरेका छन् । मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले कोषको रकम सांसदलाई व्यक्तिगत रुपमा नदिइने बताए ।

‘देशका १६५ वटै निर्वाचन क्षेत्रमा केही न केही बजेट जाओस् भनेर सांसद विकास कोष राखिएको हो,’ उनले भने, ‘सांसदहरूको काम भनेको सिफारिस गर्ने मात्रै हुन्छ, पहिलेकै हिसावमा नबुझौं ।’

उनले व्यक्तिगतरूपमा पैसा दिएजस्तो विश्लेषण नगर्नसमेत अनुरोध गरेका छन् । उनले बजेट कार्यान्वयनमा शङ्का नगर्नसमेत भनेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्