Deshko News
१८ आश्विन २०८०, बिहिबार

‘अखण्ड भारत’को नक्साप्रति ओलीको आपत्ति



काठमाडौं, जेठ १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका छन्। मंगलबार अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो नक्साप्रति आपत्ति जनाएका हुन्।

भारतको नयाँ संसदमा नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि उल्लेख गरिएकोप्रति ओलीले आपत्ति जनाए। उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताए।

उनले भारतजस्तो नमूना लोकतन्त्र भनिएको ठाउँको त्यो व्यवहारलाई उचित मान्न नसकिने बताएका छन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News