Deshko News
६ आश्विन २०८०, शनिबार

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब बढीको कारोबार



काठमाडौं, जेठ १६ । साताको तेस्रो दिन आज (मंगलबार) नेप्से उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ बिन्दुमा कायम भएको छ ।

आज ७० लाख ७४ हजार २५५ कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४ रुपैयाँको कारोबा भएको छ । उच्च अंकले घटेपनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा सकारात्मक सकिर्टका साथ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, विपीडब्लु लघुवित्त वित्तीय संस्था, गरिमा डेबेन्चर २०८५ र जोशी आइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन ।

सर्वाधिक गुमाउनेमा शितगंगा आइड्रोपावर एण्ड कन्सट्रक्सन, सिटिजन म्यूचअल फण्ड १, सामुदायिक लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमीटेड रहेका छन् । यस्तै उपसमूह तर्फ आज सबै समूहमा गिरावट आएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News