सुनको मूल्यमा नयाँ रेकर्ड, बजार भाउ हालसम्मकै उच्च


 


काठमाडौं, जेठ १७ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । सुन आज (बुधबार) बजारमा हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन मंगलबार तोलामा दुई हजार चार सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत वैशाख २१ गते प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्