Deshko News
६ आश्विन २०८०, शनिबार

प्रधानमन्त्री प्रचण्ड आज अपराह्न स्वदेश फर्कने



काठमाडौं, जेठ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज अपराह्न ४ बजे नेपाल एअरलाइन्सको विमानमार्फत मुम्बईबाट स्वदेश फर्कन लागेका हुन्।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरे भने सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए। भोलिपल्ट जेठ १८ गते प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।

आज जेठ २० गते बिहान महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि विज्ञान प्रविधिसम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्ने र स्पेशल इकोनोमजी जोनको भ्रमणको तालिका छ। प्रधानमन्त्री प्रचण्डले मध्याह्न १२ बजे आफ्नो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन्।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News