अमेरिकाले भिसा आवेदन शुल्क बढायो, कहिलेदेखि हुन्छ लागू ?


 


काठमाडौं, जेठ २० । अमेरिकाले भ्रमण र गैरआप्रवासी भिसाको शुल्क बढाएको जनाएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै भिसा शुल्क बढेको जानकारी दिएको हो ।

दूतावासका अनुसार २०२३ जुन १७ तारिखदेखि अमेरिकाको भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुनेछ ।

पेटिसनमा आधारित (एच.एल.ओ.पी.क्यू.आर.) भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् । ई भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछन् ।

दूतावासले अन्तर्राष्ट्रिय यात्राले अमेरिकी अर्थतन्त्रमा विशेष भूमिका खेल्नेसमेत जनाएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्