Deshko News
६ आश्विन २०८०, शनिबार

पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने



लण्डन । बेलायतमा विगत १३० वर्षको इतिहासमा राजपरिवारका सदस्यले पहिलोपटक अदालतमा बयान दिने भएका छन् ।

बेलायती शाही परिवारका पहिलो वरिष्ठ सदस्य राजकुमार ह्यारी अदालतमा उपस्थित भएर बयान दिन लागेका हुन् ।

राजकुमार ह्यारीले अखबार समूहलाई अवैध व्यवहारको आरोप लगाएका थिए, उनले अर्को हप्ता सुनुवाईमा आफ्नो बयान दिनेछन् ।

राजा चार्ल्सका कान्छो छोरा ह्यारीले मुद्दाको सुनुवाइमा १०० भन्दा बढी अन्य सेलिब्रेटीहरूसँग लन्डनको उच्च अदालतमा बयान दिनेछन्।

डेली मिरर, सन्डे मिरर र सन्डे पिपलका प्रकाशक मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) विरुद्ध मुद्दा दर्ता गरिएको थियो।

यसअघि सन् १८७० मा एडवर्ड आठौँले राजा हुनुभन्दा अगाडि डिभोर्सको मामलामा बयान दिएका थिए ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News